सम्झनामा रहिन् एयरहोस्टेज ‘कृष्मी थापा’ (तस्वीरहरु)

मुस्ताङ | जेठ १६, २०७९

सम्झनामा रहिन् एयरहोस्टेज ‘कृष्मी थापा’ (तस्वीरहरु)

मुस्ताङ:  तारा एयरको जहाज दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको शव फेला परेको छ । तर उनीहरुको सनाखत भने हुन सकेको छैन । 

 

मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान भेटिएको थियो ।  

 

आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाईलट उत्सव पोख्रेल एयरहोस्टेज कृष्मी थापा गरि ३ जना चालक दलमा रहेका थिए । भने १९ यात्रुमध्ये २ जर्मनी नागरिक, ४ भारतीय नागरिक र १३ जना नेपाली यात्रु रहेका थिए । 

 

सो मध्ये गोरखाको एकै परिवारको ४ जना र धनुषाको एकै परिवारको ७ जना विमानमा रहेको पुष्टि भएको छ ।  यो समाचार तयार पार्दासम्म कुल १४ जनाको शव फेला पारिएको छ भने अन्यको खोजीकार्य तिव्र पारिएको नेपाली सेनाले जनाएको छ ।

 

उक्त दुर्घटनामा परि ज्यान गुमाएका एयरहोस्टेज कृष्मी थापा अब सम्झनामा मात्रै रहेकी छिन् । विगत ५ वर्षदेखि तारा एयरमा काम गर्दै आएकी कृष्मीको अर्काे नाम ‘मनिषा’ पनि हो । जुन सामाजिक सञ्जाल फेसबुकमा देखिन्छ । थापा फुटबलप्रेमी मात्र नभई क्रिस्टियानो रोनाल्डोको सर्मथक समेत रहेकी थिइन् ।

 

सम्झनामा रहेकी स्याङ्जाकी २६ वर्षिया​ एयरहोस्टेज कृष्मीथापाको तस्वीरहरु:-

 

 

 

 

 

 

 

 


 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्