‘नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्छ’

काठमाडाैं | पुस ९, २०७९

‘नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्छ’

काठमाडौं:   नेपाली कांग्रेसका सांसदहरुले नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका सांसदहरुले सो दवाव दिएका हुन् ।


जनतासँग मत माग्न जाँदा देशको नेतृत्व कांग्रेसले नै गर्छ भनेर मत मागेको स्मरण गराउँदै जनतासँगको वाचा पूरा गर्न आगामी नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको सांसदहरुले बताएका छन् । कांग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धनभित्र पनि कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न सुझाव दिएका हुन् । 


प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद रमा पौडेलले अबको सरकार पनि कांग्रेसकै नेतृत्वमा बनाउन सझाव दिएको बताउनुुभयो । गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि बनेकाले गठबन्धनमा आवद्ध दलहरुले कांग्रेस नेतृत्वमा सरकार गठन गर्नमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।  


गठबन्धनले भोलिको लागि भागबण्डा भन्दापनि तत्कालको नेतृत्व नेपाली कांग्रेसलाई दिनुपर्ने आफूहरुले सुझाव दिएको उहाँले बताउनुभयो । सांसद पौडेलले भन्नुभयो, ‘अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि हो । आज प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हामीले त्यही सुझाव दिएका छौं ।’ 

प्रधानमन्त्री लिएर राष्ट्रपति पद पनि कांग्रेसले छाड्न नहुने सांसदहरुको सुझाव छ । सांसद पौडेलले भन्नुभयो, “कांग्रेसले प्रधानमन्त्री लिएर राष्ट्रपति छोड्नुपर्छ भन्ने होइन,  मुख्यमन्त्री, सभामुख लगायतका पदहरु पनि छन् ।”


कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति लिएर बाँकी पदहरु उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरुको पदहरुमा गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डा हुनसक्ने उहाँले बताउनुभयो । 


राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि भोलि १० गतेसम्मको समय निर्धारण गर्नुभएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच सघन वार्ता भएपनि सहमति बन्न नसकिरहेको अवस्थामा कांग्रेसका सांसदहरु आज प्रधानमन्त्रीलाई भेटेर सुझाव दिन बालुवाटार पुग्नुभएको थियो । 

काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

थप पढ्नुहोस्

काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा  मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आ...

थप पढ्नुहोस्