गण्डकी प्रदेशमा कांग्रेसले संसदीय दलको नेता १२ गते चयन गर्ने

पाेखरा | पुस ९, २०७९

गण्डकी प्रदेशमा कांग्रेसले संसदीय दलको नेता १२ गते चयन गर्ने

पोखराः   नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।


संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् ।

 

त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् । निर्वाचन प्रक्रिया शुक्रबारदेखि नै सुरू भएको छ ।


नेपाली कांग्रेस गण्डकी प्रदेशले संसदीय दलको उम्मेदवारको दरखास्त दिने  मिति पुष १३ गते तोकेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले मतदाता नामावली प्रकाशन पुष १२ गते, मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने) पुष १२ गते मध्यान्ह १२ बजेदेखि  दिउँसो १ बजेसम्म समय तोकेको छ । 


नेपाली कांग्रेसले गण्डकी प्रदेशले संसदीय दलको नेता चयन गर्न पुष १३ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । 

 

 
 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्