प्याराडिसो स्पोर्टस् बारमा भोलि सविन राई साङगितिक साँझ हुने
पाेखरा | पुस ९, २०७९

पोखराः पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले क्रिसमसलाई लक्षित गरेर गायक सविन राईको विशेष साङगितिक साझँको आयोजना गरेको छ ।
क्रिसमको अवसरमा पुस १० गते शनिबार विशेष कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए । शनिबार साँझ सविन राई र उनको ब्याण्ड ‘द फेरोह’ युवा युवतीलाई नचाउने छन् । सबिन राई निकै लोकप्रिय गायक तथा गीतकार हुन् ।
उनका तिमि नै हौ, म संसार जित्ने, दिन र रात, मलाई अंगालिदेउ, जाउकी बसु, कोमल त्यो तिम्रो, सधै तिमि मेरो लागयतका गीतहरु चर्चित छन् । उनलाई स्टेज प्रस्तुतीहरु निकै रोचक हुने गर्दछन् । उनले सन् १९९२ बाट नेपाली सांगितक दुनियामा आएका हुन् । प्रबेशका लागि एक हजार र १ हजार ५ सयको टिकट रहेको उनले बताए । निःशुल्क रुपमा अग्रिम टेवल बुकिङको पनि व्यवस्था रहेको उनको भनाई छ ।
‘फुड, ड्रिङ् र म्युजिक’ स्लोगन सहित खेलकुद तथा परिवारीक वातावरण जोडएको पौडेलले बताए । पोखरा आएका धेरै पर्यटकलाई क्रिसमको अवसरमा मनोरञ्जन दिन उद्देश्यले कार्यक्रमको आयोजना गरेको उनले बताए । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्दै साङगितीक रमाइलो लिन पाइने उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ ।
उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने उल्लेख गरे ।
पोखरा: मिलन नेवारको ‘राजै’ गीत युटुबमार्फत सार्वजनिक भएको छ । गीतमा स्वर नेवारको छ भने निर्देशन सुरज थापाले गरेका हुन् । भिडियोमा राज बुढा, मिलन नेवार, विजय पुनमगर, प्रियंका गर्वुजा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ प्रकरणमा छानबिन गर्न सामान्य प्रशासनिक समिति बनाएर आफूहरुको माग बेवास्ता गरेको जनाउँदै प्रतिनिस...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको...