संसदीय दलको नेतामा खगराज सर्वसम्मत, मुख्यमन्त्रीको सम्भावना

पाेखरा | पुस १०, २०७९

संसदीय दलको नेतामा खगराज सर्वसम्मत, मुख्यमन्त्रीको सम्भावना

पाेखरा:   नेकपा एमालेबाट गण्डकी प्रदेशसभामा खगराज अधिकारी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । आज बसेको बैठकले अधिकारीलाई सर्वसम्मत चयन गरेको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले जानकारी दिए ।

 

ससदीय दलको नेता भएसँगै अधिकारी मुख्यमन्त्री हुने निश्चित भएको एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्रीले बताए ।  ‘सिनारियो क्लियर छ, उनले भने, ‘बालकोटमा आज भएको सहमति अनुसार गण्डकीमा हाम्रो सिट पुग्छ । कमरेड अधिकारी मुख्यमन्त्री बन्नुहुन्छ ।’
 

संसदीय दलको नेताले मुख्यमन्त्रीमा दाबी गर्ने प्रावधान रहन्छ । केही क्षण अघिसम्म शक्तिशाली देखिएको सत्ता गठबन्धन एकाएक टुटेपछि नेपाली कांग्रेस कमजोर हुँदा अब अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । 

 

गण्डकीमा सरकार गठन गर्न आवश्यक ३१ मध्ये एमाले र नेकपा माओवादी केन्द्रसँग ३० सदस्य छन् भने बालकोट सहमतिअनुसार राप्रपाकाे मत पनि जाेडिनेछ । राप्रपाको गण्डकी प्रदेशमा २ सिट रहेको छ ।   

 

 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्