हेर्दा राम्रो माछापुच्छ्रे...
पाेखरा | पुस ११, २०७९
पोखराः पोखराबारे थुप्रै गीत लेखिएका छन्, गाइएका छन् । गीतकै कारण पोखरा मानिसका हृदयहरूमा बसिरहन्छ । पोखरा, फेवाताल वा माछापुच्छ«े सर्जकका सिर्जनामा आइरहन्छन् ।
नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिन ‘हेर्दा राम्रो माछापुच्छ्रे’ सेसनमा सजकर्ता दीपक परिवार कवि तीर्थ श्रेष्ठलाई पहिलो प्रश्न सोध्छन्, ‘काठमाडौंभन्दा बढी गीत पोखराबारे गाइएका छन् । साँच्चै ती गीतले पोखराको वास्तविक प्रतिबिम्बन गरेका छन् ?’
कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एउटै गीतमा सिंगो पोखराको प्रतिनिधित्व हुन सक्दैन। कुनै गीतमा पोखराको प्राकृतिक सौन्दर्य र कुनै गीतमा सांस्कृति सौन्दर्य जोडिएको हुन्छ। कुनै गीतले इतिहास पनि जोडिदिएको छ। गीतले जिज्ञासालाई पनि जीवन्त बनाउने रहेछ ।’
कार्यक्रममा कवि तीर्थ श्रेष्ठसँगै गायक धर्मेन्द्र सेवान र गायिका रज्नी ‘रिदम’राई पनि सहभागी थिए । तीर्थ गीतले इतिहासका कुरालाई कसरी जोड्छ भन्ने प्रसंगमा थप्छन्, ‘एउटा गीतमा ढुंगेसाउँको मेला बाँचेको छ। तर अहिले त्यो त बाँकी छैन नि ।’
तीर्थ गीतले स्रष्टालाई पनि जीवन्त राखेको बताए। यद्यपि, पोखराई अझै लेखिन बाँकी रहेको उनी बताउँछन् ।
धर्मेन्द्र आफूले ०५५ सालमा ‘नेपाली तारा’ रियालिटी शो चल्दा पोखराले निकै माया गरेको सम्झन्छन् । ‘भर्खर उदाएका युवा पुस्ताका कलाकारलाई पोखराले सधैं मञ्च प्रदान गरेको छ,’ उनी भन्छन्। धर्मेन्द्र आफूले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गाउँदा ‘पोखरेली कान्छो’भनेर पाउको माया कहिल्यै बिर्सन्नन् ।
तर धर्मेन्द कामको शिलशिलामा काठमाडौं छन्। तर उनलाई बस्ने रहर पोखरामै छ। ‘तर जता लागे पनि संगीतमा भने सधैं रहन्छु,’ उनी भन्छन् । दार्जिलिङबाट आएर पोखरामा कर्मथलो बनाएकी रजनी रिदम राई पोखराबारे गाएका गीतका कारण चर्चित छिन्। उनी आफू पोखरा आउँदा पहिलो पटक पाएको अवसरबारे सझिन्छिन् । आफू संघर्षरत् कलाकार हुँदा पहिलो पटक अवसर दिने सर्वज्ञमान शाक्यलाई सम्झन्छिन्। आफूले गाएको पहिलो गीतले नै अवार्ड दिएकोमा फुरुङग भएको उनी सम्झन्छिन् ।
तीर्थलाई दीपक जिज्ञासा राख्छन्, ‘हरिदेवी कोइरालाकै पहिलो रेकर्डेड गीतमा बैदाम ताल सुन्छौं। धेरैलाई बैदाम ताल र फेवातालको सन्दर्भ थाहा छैन। फेवा र बैदामको प्रसंग भनिदिनुस् न ?’
फेवातालको पुरानो नाम हो बैदाम ताल। यहाँ तालनजिकै बदाम खेती हुने हुनाले बैदाम ताल नामाकरण गरिएको प्रसंग उनी कोट्याउँछन् ।
फेवाताल कसरी रहन गयो भन्ने कुरा अनुसन्धानको विषय रहेको तीर्थ बताउँछन् ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

