म्याग्दी र पर्वतका दुई युवा पोखरामा लागूऔषधसहित प्रकाउ
पाेखरा | पुस ११, २०७९
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दुई युवालाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ३० पावरहाउस स्थित वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा लागूूऔषधसहित पर्वतका रामबहादुर सार्की र म्याग्दीका सुरेश थकालीलाई प्रकाउ गरेको हो ।
जिल्ला कार्यालय कास्कीका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका हाल पोखरा महानगर २९ बस्ने सुरेश थकालीको साथबाट नुर्फिन ३४, डाईजाम ३४, फेनेरागन ३४ गरी १सय २ एम्पुल लागूऔषधसहित एक थान मोबाइल बरामत गरेको हो ।

पर्वतको कुश्मा नगरपालिका १२ घर भएका २६ वर्षीय रामबहादुर सार्कीको साथबाट नुर्फिन ४४, डाईजाम ४४, फेनरागन ४४ गरी १ सय ३२ एम्पुल लागूसहित एक थान मोबाइल बरामत गरेको कास्की प्रहरीले जनाएको छ ।

लागूऔषधसहित प्रकाउ परेका दुई युवालाई जिल्ला अदातल कास्कीबाट लागूऔषध मुद्धामा १०/१० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

