निवर्तमान प्रधानमन्त्री देउवा भाडाको घर खोजीमा
काठमाडाैं | पुस १२, २०७९
काठमाडौँ: नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडाको घर खोजीमा लाग्नुभएको छ । बूढानीलकण्ठमा रहेको उहाँको घर मर्मत सम्भारका क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले उहाँको परिवारले नयाँ घरमा सर्न लाग्नुभएको देउवाका प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
नयाँ गठबन्धनबाट सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री पदको शपथ लिएर सत्ता सम्हालेपछि निवर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्नुपर्ने भएको हो ।
तत्काल नै सर्नुपर्ने भए पनि उहाँ बस्ने नयाँ घरको भने यो समाचार तयार हुँदासम्म टुङ्गो लागेको छैन । प्रेस संयोजक परियारले भन्नुभयो, ‘‘दुई तीन वटा घर हेर्ने कार्य भएको छ, आज साँझसम्म टुङ्गो लाग्छ होला अनि सर्ने तय हुन्छ । बूढानीलकण्ठको घरको मर्मतकार्य जारी भएकाले अझै सम्पन्न गर्न दुई तीन महिना लाग्ने जनाइएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

