निवर्तमान प्रधानमन्त्री देउवा भाडाको घर खोजीमा

काठमाडाैं | पुस १२, २०७९

निवर्तमान प्रधानमन्त्री देउवा भाडाको घर खोजीमा

काठमाडौँ:   नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडाको घर खोजीमा लाग्नुभएको छ । बूढानीलकण्ठमा रहेको उहाँको घर मर्मत सम्भारका क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले उहाँको परिवारले नयाँ घरमा सर्न लाग्नुभएको देउवाका प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । 


नयाँ गठबन्धनबाट सोमबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री पदको शपथ लिएर सत्ता सम्हालेपछि निवर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्नुपर्ने भएको हो । 


तत्काल नै सर्नुपर्ने भए पनि उहाँ बस्ने नयाँ घरको भने यो समाचार तयार हुँदासम्म टुङ्गो लागेको छैन । प्रेस संयोजक परियारले भन्नुभयो, ‘‘दुई तीन वटा घर हेर्ने कार्य भएको छ, आज साँझसम्म टुङ्गो लाग्छ होला अनि सर्ने तय हुन्छ । बूढानीलकण्ठको घरको मर्मतकार्य जारी भएकाले अझै सम्पन्न गर्न दुई तीन महिना लाग्ने जनाइएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्