टी–२० क्रिकेट लिग:  लुम्बिनीले पोखरालाई तीन विकेटले हरायो

काठमाडाैं | पुस १२, २०७९

टी–२० क्रिकेट लिग:  लुम्बिनीले पोखरालाई तीन विकेटले हरायो

काठमाडौं:  लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो ।


जितका लागि एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । लुम्बिनीका लागि कुशल भुर्तेलले ३९ रन बनाउनुभयो ।


शाड्ली भान शाल्कविकले ३१, उन्मुक्त चन्दले २२ र अनिल शाहले १९ र गुलसन झाले १० रन बनाउनुभयो । बलिङमा पोखराका विपिन खत्री र कुशल मल्लले दुई दुई तथा प्रतिश जिशी, अभिमन्यु मिथुन र जाहिर खानले एक एक विकेट लिनुभयो ।


यसअघि पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्बाधिक ६१ रन बनाउनुभयो । उस्तै उपुल थरंगाले ४२ रन जोड्दा अन्यले खेलाडीले दोहारो रन जोड्न सकेनन् ।


बलिङमा लुम्बिनीका शाड्ली भान शाल्कविकले तीन विकेट लिनुभयो । किशोर महतो र गुलसन झाले दुई दुई विकेट लिनुभयो । तेस्रो जितसँगै ६ अंक बनाएको लुम्बिनी शीर्षस्थानमा छ । तीनवटै खेलमा पराजित पोखरा अंकविहन बन्दै अन्तिममा छ ।


पुस २७ गतेसम्म चल्ने प्रतियोगिताका ६ वटा फ्रेन्चाईज टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्