महान्याधिवक्तामा डा. दिनमणि पोखरेललाई सिफारिस

काठमाडाैं | पुस १२, २०७९

महान्याधिवक्तामा डा. दिनमणि पोखरेललाई सिफारिस

काठमाडौं:   सरकारले कानुनी सल्लाहकार मानिने महान्याधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेको छ। 


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले महान्यायाधिवक्तामा अधिवक्ता डा। पोखरेललाई सिफारिस गरेका हुन्।


प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।


पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए।


उनले कानुनमा विद्यावारिधी गरेका छन्। 


प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएपछि महान्यायाधिवक्ता खम्मबहादुर खातिले सोमबार राजीनामा बुझाएका थिए।


सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार फेरिने प्रचलन छ।

पाँचथर:  वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आउनुभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुग्नु भएकै थिएन । श्रीमती सीता र ...

थप पढ्नुहोस्

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।  डिभिजन सडक कार्यालय चितवनका प्रमुख नाराय...

थप पढ्नुहोस्

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू...

थप पढ्नुहोस्