गण्डकी प्रदेशका ज्येष्ठ सांसद मित्रलालले लिए सपथ (तस्बिरहरु)

पाेखरा | पुस १३, २०७९

गण्डकी प्रदेशका ज्येष्ठ सांसद मित्रलालले लिए सपथ (तस्बिरहरु)

पोखरा:   गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका छन् । 

 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम आज ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई सपथ ग्रहण गराएका हुन् ।

 

 

आज (बुधबार)  पद तथा गोपनीयताको सपथ लिएका गण्डकी प्रदेश सांसद बस्यालले भोलि (बिहिबार) गण्डकी प्रदेशका अन्य सांसदहरुलाई प्रदेश सभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाउनेछन् । 

 

गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्यका रुपमा सपथ ग्रहण गरेका बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित भएका थिए ।
 

 

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो । 

 

त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ ।  २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र ९राप्रपा० पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ ९दीपक मनाङे० लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।

 

तस्बिर: अर्जुन (सुशान्त) गाहा मगर

 

 

 

 

 

 

 

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्