एमाले अध्यक्ष ओली दुई वर्षपछि प्रचण्ड निवास खुमलटारमा

काठमाडाैं | पुस १३, २०७९

एमाले अध्यक्ष ओली दुई वर्षपछि प्रचण्ड निवास खुमलटारमा

काठमाडौंः   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुग्नुभएको छ ।


प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै खुमलटार पुग्नुभएको हो । उहाँहरुबीच अहिले कुराकानी भैरहेको छ । यसअघि आज बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे छलफल गर्नुभएको थियो ।


नेपाल र यादवसँगको छलफलपछि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो । यसअघि प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेस गर्ने दिन दिउँसो ओली निवास भक्तपुरको बालकोट पुग्नुभएको थियो ।

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्