प्रादेशिक अस्पतालसँग सहकार्य गरी गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने
कैलाली | जेठ १६, २०७९

कैलाली: गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसित सहकार्य गरी सञ्चालन गरिने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरी महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालसित सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनका लागि व्यवस्था मिलाउने घोषणा गरिएको हो ।
कैलालीको गेटास्थित मेडिकल कलेज सञ्चालन सरकारको नीति तथा कार्यक्रममा समावेश नभएपछि चौतर्फी विरोध गरिएको थियो । त्यसपछि दुई अस्पतालसित सहकार्य गरी मेडिकल कलेज सञ्लालन बजेटमा समावेश गरिएको हो । “गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पताल बीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ”, बजेट वक्तव्यमा भनिएको छ ।
भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेजको सञ्चालन प्रारुपमा अझै अनिश्चित छ । गेटा मेडिकल कलेजलाई प्रतिष्ठान, विश्वविद्यालय मातहत सञ्चालन गर्नु वा नेशनल मेडिकल कलेजका रुपमा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो ।
सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत रहनेगरी प्रादेशिक अस्पतालसितको सहकार्यमा सञ्चालन गर्ने व्यवस्था गरेपछि सञ्चालन अन्योल पनि हटेको छ । सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र गेटा मेडिकल कलेज बनाउने घोषणा गरेको थियो ।
त्यसअनुसार सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालनमा आइसकेको छ । कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपक प्रकाश भट्टले दुई प्रादेशिक अस्पतालसितको सहकार्यमा मेडिकल कलेज सञ्चालनका लागि बजेटमा व्यवस्था गरिनु राम्रो भएको बताउनुभयो । “सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत दुई अस्पतालसितको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो, “यसलाई राम्रो मान्न सकिन्छ ।”
सांसद भट्टले २०७४ को आम निर्वाचनमा महाकाली अस्पताललाई मेडिकल कलेजका रुपमा सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
गेटा मेडिकल कलेजलाई नेशनल मेडिकल कलेज बनाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवासम्म पहल गरिएको थियो । सुदूरपश्चिम प्रदेशका सांसदहरुले माग राखेपछि प्रधानमन्त्री देउवा सकारात्मक देखिनुभएको बताइउको छ । उहाँले बजेटमा नेशनल मेडिकल कलेज बनाउने माग सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो ।
काठमाडौं: प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा जानुभएको छ । मङ्गलबार राति उहाँ चाइना साउर्दन एयरलाइन्सको उडानबाट ...
गलकोट: अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो...
काठमाडौं: देशभर यस वर्ष करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यसै अवधिको तुलनामा यसपटक भएको रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि ...