स्पेनिस क्लबसँग गण्डकी ११ को हार, डिफेन्डरमा थिए ‘दीपक मनाङे’

पाेखरा | पुस १३, २०७९

स्पेनिस क्लबसँग गण्डकी ११ को हार, डिफेन्डरमा थिए ‘दीपक मनाङे’

पोखरा:   स्पेनिस बि डिभिजन क्लब कासेरेन्यो सीपीले गण्डकी ११लाई ३–० ले पराजित गरेको छ । 

 

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा कासेरेन्यो खेलाडी कारमेलो,  बेरमु र स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कारलेरोले एक–एक गोल गर्दै जित हासिल गरेका थिए । 


 कारमेलोले २३ औं मिनेटमा, माइकलले ३५ औं मिनेटमा र दास्रो हाफ इन्जुरीको समयमा बेरमुले तेस्रो गोल गर्दै जित सुनिश्चित गरका हुन् । 


गण्डकी ११ को टिमलाई अनिल गुरुङले कप्तानी गरेका थिए । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि मैदान उत्रिएका थिए । उनी डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।


लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो । उक्त टोलीले बिहीबार काठमाडौं(११ सँग काठमाडौं दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्