बागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन हुदैँ
काठमाडाैं | पुस १४, २०७९

हेटौंडा: नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ ।
संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता छान्न प्रयास हुने उनले बताए ।
संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य जेएन थपलिया सर्वसम्मत चयन हुने एमालेका नेताहरूले बताएका छन् ।
नेता थपलियाले १२ बजे भित्रमा संसदीय दलको नेताको विषयमा निर्णय आइसक्ने बताए । उनले भने, ‘संसदीय दलको नेतामा मेरो पनि इच्छा हो । बैठक अगाडि म नैं नेता हुन्छु भनेर कसरी भनुँ । बैठकको निर्णय कुरिदिनुहोला ।’
काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...
पोखरा: गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...