सडक किनार बन्यो पोखरा महानगरको ‘डम्पिङ साइट’ (तस्बिरहरू)

पाेखरा | पुस १४, २०७९

सडक किनार बन्यो  पोखरा महानगरको ‘डम्पिङ साइट’ (तस्बिरहरू)

पोखरा:   अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी छ । अब सञ्चालनका लागि तीन दिन मात्र बाँकी छ । तर विमानस्थल सञ्चालनको पूर्व सर्त मानिएको रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइड मानिएको थियो ।

 

जहाज उडानका लागि आवश्यक डाँडा कटान भइसकेको छ भने पोखरा महानगरपालिकाको ल्याण्डफिल साइटको भने टुंगो छैन । त्यसोत महानगरले १० औं कार्यपालिका बैठकबाट तीन महिनाका लागि पोखरा ३२ स्थित लामेआहालमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको थियो । यद्यपी स्थानीयबासिन्दा भने त्यो निर्णयप्रति असन्टुष्टी जनाउँदै विरोधमा छन् ।

 

त्यसैले यतिबेला पोखरा महानगरपालिकाको सडक किनार नै डम्पिङ साइट बनेको छ । पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड लगायतको सडक किनारमा फोहोरका डंगुरहरुले आतंक मच्चाएको छ ।

 

‘फोहोरको अल्पकालिन व्यवस्थापनका लागि विभिन्न वडामै पनि खोजिरहेका छौं । र निर्णय भएअनुसार लामेआहालमा मै तीन महिनाका लागि लाने भनिएको छ । विरोध आएपनि अहिले धेरथोर कुरा मिलिसकेको छ, पोखरा महानगरपालिकाका प्रवक्ता एवम् पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘ त्यसैलेपनि अहिले फोहोर उठ्न सकिरहेको छैन  । त्यसैले सडकमा भएका फोहोरहरुको व्यवस्थापनलाई केही दिन लाग्न सक्छ ।’

 

उनले दिर्घकालिन व्यवस्थापनका लागि पनि महानगर लागिरहेको बताए ।  ‘अहिले हामी अल्पकालिन लक्ष्यमा छौ । विमानस्थल सञ्चालनका लागि पनि सरसफाई गरेका थियौं, तिमिल्सिनाले भने, ‘त्यसकै केही फोहोरहरुपनि सडक किनारमा देखिएका छन् । यसको व्यवस्थापन एक/दुई दिनमै हुन्छ ।’

 

पोखरा महानगरपालिकाको तथ्याङ्क अनुसार दैनिक करिब १ सय ८८ टन फोहोर उठ्छ तर केही दिन उक्त फोहोर व्यवस्थापन हुन नसक्दा सडक किनार नै डम्पिङ साइट बन्ने देखिन्छ । 
 

 

हेरौँ सुनगाभाकर्मी अर्जुन गाहामगर (सशान्त) को लेन्सबाट महानगरको ‘डम्पिङ साइट’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्