सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै
काठमाडाैं | पुस १४, २०७९

काठमाडौं: पाटन उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदैछ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ ।
बिहीबार पाटनका न्यायाधीशद्वय पौडेल र पोखरेलको संयुक्त इजलासमा लामिछानेको पुनरावेदनको मुद्दा परेको हो ।
यसअघि पुस १२ गते काठमाडौं जिल्ला अदालतले लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा प्रमाण बुझाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो ।
गत कात्तिक १४ गते एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । यसअघि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । क्रिकेटर लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ ।
काठमाडौं: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आ...
काठमाडौं: नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य ...
काठमाडौं: नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा भनिए...