आम जनता पार्टी लिएर आए प्रभु साह

काठमाडाैं | पुस १४, २०७९

आम जनता पार्टी लिएर आए प्रभु साह

काठमाडौंः   स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा आम जनता पार्टीको स्थापना भएको छ। माओवादी, एमाले हुँदै स्वतन्त्र बनेका साहको नेतृत्वमा ५१ सदस्यीय तदर्थ समिति गठन भएको हो। स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई पार्टीमा रुपान्तरण गरिएको साहले बताए। 


नवगठित पार्टीले प्रदेश अध्यक्ष, इन्चार्ज र जनवर्गीय संगठनको जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार प्रदेशको अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेसको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकीको अध्यक्षमा राजन यादव ुमनोजु र इन्चार्जमा ब्रदीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुश्वाहा र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिममा केशवराय चौधरी अध्यक्ष र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ।


त्यस्तै जनवर्गीय संगठनतर्फ आइटी आर्मीको अध्यक्षमा चन्द्र भुषण साह, इन्चार्ज प्रभु साह, आम दलित मोर्चामा चन्देश्वर बैठा र इन्चार्जमा रामप्रित राम, आम महिला मोर्चाको अध्यक्षमा कान्ति महतो र इन्चार्जमा करिमा बेगम, आम विद्यार्थी मोर्चाको अध्यक्षमा विवेक साह र इन्चार्जमा उमेश कुश्वाहा र आम किसान मोर्चाको अध्यक्षमा किताब तामाङ र इन्चार्जमा कुन्दन कुश्वाहालाई जिम्मेवारी तोकेको छ। 

म्याग्दी:  कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्