आयोजक सहारा धरानसँग पराजित
पाेखरा | पुस १४, २०७९
पोखराः धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पाखा लगाउदै धरानले अन्तिम ८ मा प्रवेश गरेको हो ।
धरानको जीतमा प्रकाश बुढाथोकीले खेलको पाँचौं मिनेटमा निर्णायक गोलको योगदान दिए । टिमले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
पोखरामा जारी प्रतियोगितामा भोलि चर्च व्याइज र नेपाल पुलिसबीच खेल हुनेछ ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ ।
क्बलबा अध्यक्ष सुरज गुरुङका अनुसार डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

