पिएन क्याम्पसमा सप्ताहव्यापी खेलकुद सम्पन्न, छात्र फुटबलमा व्यवस्थापन सङ्काय हाबी
पाेखरा | पुस १५, २०७९
पोखरा: पोखरा महानगरपालिका-१ स्थित पृथ्वीनारायण क्याम्पसमा जारी अन्तरसङ्काय सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
पुस १० देखि सञ्चालन भएको प्रतियोगितामा १० विद्याको खेल सञ्चालन गरिएको थियो । खेलकुद विद्यामा ७ र अतिरिक्त क्रियाकलापअन्तर्गत ३ खेल सञ्चालन गरिएको हो ।
अतिरिक्त क्रियाकलापअन्तर्गत निबन्ध-लेखनमा मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, विज्ञान सङ्कायका स्मृति सापकोटा द्वितीय र मानविकी सङ्कायका महेन्द्र पौडेल तृतीय भए ।
अतिरिक्त क्रियाकलापअन्तर्गत कविता-लेखनतर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, शिक्षा सङ्कायका रोजिना घिमिरे द्वितीय , व्यवस्थापन सङ्कायकी सम्झना सार्की तथा विज्ञान सङ्कायका विवेक सापकोटा तृतिय र कानुन सङ्कायका अभिषेक रेग्मी सान्तवना भएका थिए ।
वक्तृत्वकलातर्फ मानविकी सङ्कायका तारानाथ पराजुली प्रथम, कानुन सङ्कायका अमृत विश्वकर्मा द्वितीय र कानुन सङ्कायकै सौगात सुवेदी तृतीय भएको शोभाकान्त गौतमले जानकारी दिए
खेलकुदतर्फ फुटबल छात्रामा बिएस्सी शिक्षा टिम प्रथम, विविए अन्जुको समूह द्वितीय र छात्रमा व्यवस्थापन सङ्कायका राहुलको समूह प्रथम र व्यवस्थापन संकाय नै अशोकको समूह द्वितिय भए ।
बास्केटबलतर्फ छात्रामा विज्ञान सङ्कायका सोनालीको समूह प्रथम, व्यवस्थापन सङ्कायका अन्जुको समूह द्वितीय र छात्रमा व्यवस्थापनका पवनको समूह प्रथम, व्यवस्थापन सङ्कायका नै सुमनको समूह द्वितीय हुन सफल भए ।
भलिबल छात्रातर्फ मानविकी सङ्कायका मायाको समूह प्रथम, शिक्षा सङ्कायका सस्मिताको समूह द्वितीय र छात्रमा शिक्षा सङ्कायका उमेशको समूह प्रथम र विज्ञान सङ्कायका मनोजको समूह द्वितीय भए ।
क्रिकेटतर्फ विज्ञान सङ्कायका सुरेशको समूहको प्रथम र व्यवस्थापन सङ्कायका भरतको समूह द्वितीय भए ।
चेस (बुद्धिचाल) तर्फ छात्रामा अनुपमा लौडारीभाट प्रथम, रानी कुमारी द्वितीय र सम्झना चौधरी तृतीय र छात्रमा दीपेश खड्का प्रथम, सुमन पौडेल द्वितीय र दर्पण सापकोटा तृतीय भए ।
एथ्लेटिक्स तर्फ ५ किलोमिटर दौडमा छात्र तर्फ सन्जोक घर्ती प्रथम, विवेक तिलिजा द्वितीय , आकाश थापा तृतीय र छात्रामा अनिशा भण्डारी प्रथम, अन्जु गिरी द्वितीय र सुशिला शाही तृतीय हुन सफल भए ।
टेबुलटेनिस तर्फ एकल छात्रामा एलिस खड्का, आस्था केसी अनिता भण्डारी र समीक्षा पोखरेल र छात्र तर्फ पारस साही, समिर खत्री क्षेत्री, अमृृत विके र सन्दिप पौडेल क्रमशः प्रथम, द्वितीय , तृतीय भए ।
टेबुलटेनिस डबल छात्रामा आकृति थापा मगर र रोजिना थापाको समूह प्रथम, अनिता भण्डारी र समिक्षा पोखरेलको समूह द्वितीय , विनिता शर्मा र अनुपमा लौडरी भट्टको समूह तृतीय भए भने छात्र तर्फ मनोज बाग्ले र सन्दिप पौडेलको समूह प्रथम, पारस शाही र जनक न्यौपानको समूह द्वितीय र खुमबहादुर कार्की र सराजन क्षेत्री तृतीय भए भने अमृत विके र गौरव पौडेलको समूहले सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
त्रिविका आगिंक क्याम्पस मध्ये अब्बल क्याम्पस: रजिस्टार प्रा.डा. दाहाल
त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहालले पृथ्वीनारायण क्याम्पस त्रिविका आगिंक क्याम्पस मध्ये अब्बल क्याम्पस भएको बताए ।
पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
‘क्याम्पसमा खेलकुद हुनु मानसिक चेतनाको विकास सँगै शारीरिक विकास र अनुशासनमा रहनु हो, दाहालले भने, ‘खेलकुदबाट अबको भविश्य सुनिश्चित छ, हामी यसमा अब्बल हुनु आवश्यक छ ।
प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. पेशल दाहाल, क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरुलाई नगद पुरस्कारसहित पदक तथा प्रमाण पत्र विविरण गरेका थिए ।
पृथ्वीनारायण क्याम्पसको आयोजना र विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा प्रतियोगिता सम्पन्न भएको क्याम्पस प्रमुख प्रा.डा. कोइरालाले बताए ।
तस्बिरहरु:













चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

