मधेश प्रदेशसभाका सदस्यहरुले लिए शपथ

काठमाडाैं | पुस १५, २०७९

मधेश प्रदेशसभाका सदस्यहरुले लिए शपथ

धनुषा:  मधेश प्रदेशका प्रदेशसभा सदस्यहरुले शुक्रबार प्रदेशसभामा शपथ लिनु भएको छ । प्रदेशसभा सचिवालय मधेश प्रदेशले प्रदेशसभाको हलमा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोबिन्दबहादुर न्यौपानेले उहाँहरुलाई शपथ ग्रहण गराउनु भयो ।


१०७ सदस्यीय रहेको मधेश प्रदेशसभा मा १०४ जना सदस्यले आज शपथ ग्रहण गरेको प्रदेशसभा सचिवालयका निमित सचिव रंजित यादवले जानकारी दिनुभयो । १०४ जनामध्ये ४९ जना सदस्यले आफनो मातृभाषामा र ५५ जना सदस्यले नेपाली भाषामा शपथ ग्रहण गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । मैथली, भोजपुरी, थारु, उर्दुसहितको मातृभाषामा सांसदहरुले शपथ लिनुभयो । 


नेकपा ९माओवादी केन्द्र० का दुई जना प्रदेशसभा सदस्य माला कर्ण र रैजी हैदरको विषयमा  अदालतमा मुद्दा दायर गरिएकाले शपथ ग्रहण कार्यक्रममा सहभागी नगराइएको यादवले जानकारी दिनुभयो । 


शपथग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै सांसदहरुले अबको पाँच वर्षमा संविधान र संघीयताको सफल कार्यान्वयन र जनताको समस्या सम्बोधनमा ध्यान दिने बताउनुभयो । प्रदेशसभाको पहिलो वैठक पुष १८ गते १ वजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्