पोखरा महोत्सव: लोकनृत्य प्रतियोगिता लाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिको सहयोग

पाेखरा | पुस १६, २०७९

पोखरा महोत्सव: लोकनृत्य प्रतियोगिता लाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिको सहयोग

पोखरा:  एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ । 


युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्ने भएको हो ।


हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष तथा एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापा बीच सहमति पत्रमा हस्ताक्षर गरी एक अर्का बीच सहकार्य गर्ने भएको हो ।


सो अवसरमा वोल्दै वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापाले पोखरा महोत्सवले समाजिक काम संगै महोत्सवमा लोकनृत्य प्रतियोगिता गरी लोकनृत्य संरक्षणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरिरहेकाले आफुहरुको संस्थाले समेत सहकार्य गर्न पाउदा निकै खुसी लागेको वताए । स्थापना कालदेखी युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको र त्यस कार्यलाई आफुले समेत सहकार्य गर्दै आइरहेको सन्दर्भमा आफ्नो ब्यवशायिक संस्थाले समेत सहकार्य गर्न पाउदा आफु गर्वान्वित भएको थापाको भनाइ रहेको थियो ।


सो अवसरमा वोल्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष एवं एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गरिदै आएको र उक्त प्रतियोगितामा वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालि संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए ।


नृत्य प्रतियोगितामा प्रथम हुने टीमले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र,  द्धितियले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र, तृतियले नगद १५ हजार, शिल्ड र प्रमाणवत्र र सान्तवना स्थान हासिल गर्नेलाई नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्