कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ

पाेखरा | पुस १८, २०७९

कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ

पोखरा:  कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । कास्की जिल्ला शुटिङ संघको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष राम नारायण श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । 


त्यसैगरी सदस्यहरुमा चिन्तामणी बास्तोला, विनोद प्रसाद श्रेष्ठ, बिजय कार्की, प्रकाश बज्राचार्य, शरण कुमार छन्त्याल र गृष्मा उदास निर्वाचित हुनुभएको छभने दुई सदस्य पछि मनोनित गरिने निर्वाचन अधिकृत कास्की जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डि बि नेपालीले जानकारी दिनुभयो । 


साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले शुटिङ संघ  कास्कीको कार्यालयका लागि पोखरा रंगशाला भित्र ठाउ  उपलब्ध गर्ने वताउनुभयो । शुटिङ खेलका लागि पर्याप्त मात्रामा सामाग्रीहरु नभएको वताउदै त्यसका लागि पनि आफुले पहल गर्ने वताउदै पर्याप्त सामाग्रीको अभावका बीच शुटिङ संघले पछिल्लो समय उदाहरणीय काम गरेकोे उहांको भनाइ रहेको थियो । 


शुटिङ संघ कासकीका सल्लाहकार तीर्थलाल श्रेष्ठले शुटिङ संघ कास्कीले खेलकुद सामाग्रीको अभावका बावजुद पनि आफुहरुले काम गरिरहेको वताउदै आगामी दिनमा संघलाई अगाडि वढाउन सम्पूर्ण एक भएर लाग्ने वताउनुभयो । 
 

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्