सहकारीहरु नाफामा केन्द्रीत हुंदा अनुत्पादक क्षेत्रमा लगानी बढ्यो: मन्त्री बुढा

पाेखरा | पुस १८, २०७९

सहकारीहरु नाफामा केन्द्रीत हुंदा अनुत्पादक क्षेत्रमा लगानी बढ्यो:  मन्त्री बुढा

पोखरा:   गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले सहकारीहरुले निक्षेप संकलन र कर्जा प्रवाहलाई जोड दिदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको वताउनुभएको छ । 


सहकारीहरु नाफामा केन्द्रीत हुंदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको उहांको भनाइ रहेको थियो ।  आइतबार पोखरामा  सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको सहकारी सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठीको उद्घाटन गर्दै मन्त्री बुढाले सहकारीहरु नाफा कसरी हुन्छ भन्नेमा केन्द्रीत हुदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको वताउनुभएको हो । 


गण्डकी प्रदेश पछिल्लो समयमा दूध अण्डा र मासुमा आत्मनिर्भर भएपनि त्यसलाई अगाडि बढाउन अझैपनि नसकिएको र त्यसको कारण ब्यापारीहरुको खेलोमेलोनै नरहेको बुढाले वताउनुभयो । सहकारीहरु अझैपनि केही सिमित वर्गका मानिसहरुमा मात्र निर्भर रहेको बताउदै मन्त्री बुढाले विपन्न वर्ग र शेयर सदस्यहरुलाई आत्मनिर्भर गराउनतर्फ सहकारीहरु लाग्नुपर्नेमा जोड दिनुभयो । भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गण्डकी प्रदेशका सहकारीहरुलाई सुदृढ बनाउन लागि परेको भएतापनि अझैपनि अधिकांश सहकारीहरु अपडेट नभइ रहेकोे र नियम संगत चल्न नसकेको वताउदै दर्तामा मात्र सिमित रहेका सहकारीहरुलाई खारेजी गर्नतर्फ सहकारी अभियनताहरुपनि लाग्नुपर्नेमा उहांको जोड रहेको थियो ।


गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रशासन तथा सहकारी बिकास महाशाखाका प्रमुख धु्रव गिरीले संघ र प्रदेश वीच समन्वय हुन नसक्दा सहकारीहरुलाई सुदृढिकरण गरेर लैजान नसकेको भएतापनी यसलाई सुदृढ गराउनका लागी सहकारी संघहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सहकारीहरुलाई डाटावेसमा लैजान आवश्यक रहेको वताउदै त्यसतर्फ सम्पूर्ण सहकारी संघ संस्थाहरुनै अगाडि वढ्नुपर्ने उहांको भनाइ रहेको थियो । 


कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्ती मगरले प्रदेश अन्तर्गत ९ सय ३६ वटा सहकारीहरु आवद्ध रहेको भएतापनि अधिकांश सहकारीहरु अपडेट नभएकाले त्यसको छानविन गरी दर्ता खारेजीको अभियानमा आफुहरु रहेको वताउनुभयो । कार्यक्रममा सहभागी सहकारी संघका प्रतिनिधीहरुले नेपालको संविधान र सहकारी ऐनमा सुधार गर्नुपर्ने, ऐन नियम मिच्ने संस्थालाई कारबाही गर्नुपर्ने, सहकारी ऐन २०४८ को नियमलाई विनियम संसोधन गर्नुपर्ने र संघमा आवद्ध नभएका सहकारीहरुका कारण समस्या उत्पन्न भएकाले त्यसतर्फ रजिष्ट्रारको कार्यालय र मन्त्रालयले ध्यान दिनुपर्ने सुझाव राख्नुभएको थियो । 


कार्यक्रममा गण्डकीका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाका सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको थियोभने कार्यक्रमको संचालन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका शाखा अधिकृत चोलाकान्त वाग्लेले गर्नुभएको थियो । 
 

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पु...

थप पढ्नुहोस्