नेपाल टी-२० लिग: तीन खेलमा लगातार जित निकाल्दै लयमा फर्कियो पोखरा
पाेखरा | पुस १८, २०७९
काठमाडौं: पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट लिगको लयमा फर्किएको छ । सुरुवाती खेलमा हार खेपेको पोखराले पछिल्लो तीन खेलमा लगातार जित निकाल्दै अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा पोखराले काठमाडौं नाईट्सलाई पाँच विकेटले हरायो ।
काठमाडौंले दिएको एक सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पोखराको जितमा सुमित महर्जन र उपुल थरंगाले उत्कृष्ट प्रदर्शन गर्नुभयो । महर्जनले ७६ र थरंगाले ५८ रन बनाउनुभयो । कुशल मल्लले अविजित १४ रन बनाउनुभयो । बलिङमा काठमाडौंका कमल सिंह ऐरीले तीन विकेट लिनुभयो । अविनाश बोहोरा र अनिल खरेलले एक एक विकेट झार्नुभयो ।
यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रन बनाउनुभयो । सुनाम गौतमले ४५ र विरनदिप सिंहले ३२ रन बनाउनुभयो । बलिङमा पोखराका तुलबहादुर थापाले दुई तथा प्रतिस जिसी र कुशल मल्लले एक एक विकेट लिनुभयो ।
लिगमा आठ खेल सकेको पोखरा ६ अङ्कसहित चौथो स्थानमा छ । ६ खेलबाट ६ नै अङ्क बनाएको काठमाडौं तेस्रो स्थानमा छ । पुस २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

