झापा सताक्षीधाम मन्दिरको दानपेटिका चोरी
झापा | पुस १८, २०७९
दमक: झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको दानपेटिका चोरी भएको छ । आइतवार राति दानपेटिका चोरी भएको हो ।
सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । एउटा दानपेटिका हराएको छ ।
दानपेटिका फोरेर भेटी चोर्नेले फलामे साङ्लामा गर्भे ताला लगाइएको मुख्य दानपेटिका फोर्न नसकेपछि त्यहि लिएर भागेको हुनसक्ने राईले बताउनुभयो । यसरी दानपेटिका फोरेर भेटी चोरी हुनु र दानपेटिका नै हराउनु गम्भिर भएको जनाउँदै अनुसन्धान गर्न माग गरिएको पनि उपाध्यक्ष राईले जनाउनुभयो ।
बालचर्तुदर्शीका भेटीहरु संकलन गरेर दाखिला गरिएको र त्यसपछि जम्मा भएको भेटी हराएको जनाइएको छ । करिब एक महिना अवधिमा दानपेटिकामा हालिएको रकम चोरी भएको राईले बताउनुभयो ।
नेपाल र भारतबाट दैनिक संयौ भक्तजनहरु सताक्षीधाम मन्दिरको दर्शन र घुमघामका लागि यहाँ आउने गरेका छन् । दानपेटिकामा कति रकम थियो भन्ने खुलेको छैन । सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दानपेटिका गत भदौमा पनि चोरी भएको जनाइएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

