जबरजस्ती करणीका आरोपी वडाध्यक्ष श्रेष्ठले गरे आत्मसर्मपण

बारा | पुस १८, २०७९

जबरजस्ती करणीका आरोपी  वडाध्यक्ष श्रेष्ठले गरे आत्मसर्मपण

बारा:  नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक वडाध्यक्षले प्रहरीमक्षम आत्मसर्मपण गरेका छन् ।


जबरजस्ती करणीको आरोप लागेका निजगढ नगरपालिका–२ का वर्ष ३९ को वडाध्यक्ष राजु श्रेष्ठ आइतबार राति पौने ९ बजे ईलाका प्रहरी कार्यालय निजगढमा आफैँ उपस्थित भएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।


सोही ठाउँ बस्ने १४ वर्षीया नाबालिकालाई असोज १९ गते वडाध्यक्ष श्रेष्ठले आप्mनै घरमा बोलाएर जबजरस्ती करणी गरेको आरोप छ । नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै असोज २५ गते आफन्तले ईलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएका थिए । उजुरी परेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका थिए ।


नाबालिकालाई जबजरस्ती करनी गरेको अभियोगमा आत्मसर्मपण गरेका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि बारा जिल्ला अदातलबाट म्याद थप गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्