नेप्से  परिसूचकमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब बढि

काठमाडाैं | पुस १९, २०७९

नेप्से  परिसूचकमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब बढि

काठमाडौं:  सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार दिनभर उतारचढाव देखिंदा अन्तिममा बजार परिसूचक नेप्से ३.०३ अंकले गिरावट भएर २०६१.०६ अंकमा बन्द भएको छ ।


गत बिहीबार ५६ अंक, आइतबार र सोमबार समान १७ अंकले बढेको नेप्सेमा मंगलबार भने करेक्सन भएको हो । व्यापार, लघुवित्त, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि बैंकिङ, बीमा सहित अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि समान्य घटेको छ ।


लघुवित्त उपसूचक २.४४ प्रतिशत, व्यापार उपसूचक २.८९ प्रतिशत र होटल तथा पर्यटन उपसूचक २.६ प्रतिशतले वृद्धि भएको छ ।यता वित्त कम्पनी र जीवन बीमा उपसूचक भने १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।


उतारचढावबीच नेप्सेमा सामान्य गिरावट भएपनि कारोबार रकम भने सोमबारको भन्दा बढेको छ । आइतबार ४ अर्ब नाघेको कारोबार रकम सोमबार २ अर्ब ९६ करोडमा झरेको थियो । तर, मंगलबार भने कारोबार रकम बढेर ३ अर्ब ४५ करोड ८० लाख ९० हजार पुगेको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४३ करोड १९ लाख ६४ हजारको कारोबार हुँदा एनआईसी एशिया बैंकको ९ करोड ६६ लाख ९५ हजार र शिवम् सिमेन्टको ९ करोड ४९ लाख १३ हजारको कारोबार भएको छ।


मंगलबार नेप्सेमा कुल २१२ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने १०७ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार श्वेतगंगा हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै नेरुडे लघुवित्तको सेयरमूल्य ७.७३ प्रतिशतले वृद्धि भएको छ ।


यता वीन नेपाल लघुवित्तको सेयरमूल्य ५.५९ प्रतिशतले गिरावट हुँदा बोटलर्स नेपाल तपाईको सेयरमूल्य ५.५४ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ३.४४ प्रतिशतले गिरावट भएको छ ।

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्