सुदूरपश्चिम प्रदेश कांग्रेस दलको नेतामा शाह निर्वाचित

काठमाडाैं | पुस २०, २०७९

सुदूरपश्चिम प्रदेश कांग्रेस दलको नेतामा शाह निर्वाचित तस्बिर साभार

धनगढी:  नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ। सो पार्टीका प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनुका अनुसार आजको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। 


शाह कैलाली क्षेत्र नम्बर २ को ९क० बाट निर्वाचित हुनुभएको हो। दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, प्रकाशबहादुर देउवा र मेघराज खड्कालगायतले आकांक्षा राख्नुभएको थियो।


सुदूरपश्चिममा कांग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्।  नेपाली कांग्रेस प्रदेश सभामा ठूलो दल हो।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्