स्याङ्जामा अति विपन्न परिवारलाई न्यानो कपडा वितरण

पाेखरा | पुस २०, २०७९

स्याङ्जामा अति विपन्न परिवारलाई न्यानो कपडा वितरण

स्याङ्जा: जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो ।  


पालिकाको प्रत्येक वडाका पाँच पाँच जना अति बिपन्न तथा एकल दलित महिला छनौटगरी न्यानो कपडा वितरण गरिएको विश्वकर्माले बताउनुभयो । एक–एक सेट बिस्तारा प्रदान गरिएको उहाँले बताउनुभयो । 


न्यानो कपडा प्रदान गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विपन्न वर्गको उत्थानका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । पालिकाले विपन्नको जनप्रतिनिधिको सुबिधा कटौती गरेर निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउदै तिवारीले पालिका बिपन्न र गरिबको हितमा रहेको बताउनुभयो । 


यस्तै, रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका पनि वडा नं ८ को चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गरेको छ । बिद्यालयको कक्षा ५ सम्मका ६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्