पोखरा महोत्सवमा २० जनालाई स्वरोजगार तालिम प्रदान गरिने

पाेखरा | पुस २०, २०७९

पोखरा महोत्सवमा २० जनालाई स्वरोजगार तालिम प्रदान गरिने

पोखरा:    एघारौं पोखरा महोत्सवमा स्वरोजगार तालिम प्रदान गरिने भएको छ ।


आगमी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा विशेष गरी पिछडिएका, जनजाति र एकल महिलाहरुलाई लक्षित गरी स्वरोजगार तालिम प्रदान गर्न लागिएको हो ।


महोत्सव अवधिभर सञ्चालन हुने तालिममा जाडो यामलाई लक्षित गरी स्वीटर, मोजा, टोपी, गलबन्दी, पञ्जा लगायतका सामाग्रीहरु निर्माण सम्बन्धी  तालिम प्रदान गरिने एघारौं पोखरा महोत्सव हस्तकला ब्यवस्थापन उपसमिति संयोजक सबिता श्रेष्ठ रञ्जितले जानकारी दिइन ।


श्रेष्ठका अनुसार प्राविधिक शिक्षालय ९सिटीइभिटी० को प्राविधिक सहयोगमा २० जना लाई उक्त तालिम दिइने छ । महोत्सव अवधिभर १२ दिन तालिम प्रदान गरिने र स्वरोजगार हुन चाहनेहरुलाई दुई महिने निशुल्क तालिम समेत प्रदान गरिने बताइन । तालिममा सहभागी हुन चाहनेहरुले पुष २५ भित्र युनाईटेड क्लवको कार्यालयमा सम्पर्क गर्न समेत संयाजक श्रेष्ठले आग्रह गरेकी छिन । 
 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्