कालीगण्डकीको शिला भारत अयोध्या पठाउन अध्ययन

पाेखरा | पुस २१, २०७९

कालीगण्डकीको शिला भारत अयोध्या पठाउन अध्ययन तस्बिर साभार

म्याग्दी:  शालिग्राम पाइने नदीका रूपमा परिचित कालीगण्डकीको शिला हिन्दुहरूको धार्मिक स्थल भारतको आयोध्या पठाउन आवश्यक अध्ययन थालिएको छ। मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् रामको मूर्ति बनाउन प्रयोग गरिने भएको हो। 


शिला खोज तथा अध्ययन गर्न गण्डकी प्रदेश सरकारबाट खटिएको टोलीले बेनीस्थित कालीगण्डकी नदीमा शिलाको खोज तथा पहिचान र अध्ययन गरेको छ। 


बेनीदेखि उत्तर गलेश्वरधामसम्म तीन किलोमिटर क्षेत्रमा मात्र पाइने शिलालाई जनकपुरधाम हुँदै अयोध्या पठाउने तयारी भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो। बेनीदेखि गलेश्वर क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिएकाले यहाँको शिला अयोध्या लैजान नदीकिनारमा भएका शिला (ढुङ्गा)को अध्ययन गरेर टोली फर्किएको उहाँले बताउनुभयो। “कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई थान शिलाको अध्ययन भएको छ,” उहाँले भन्नुभयो, “कालीगण्डकी नदीको शिला भारतको अयोध्यामा पु९याउँदा हाम्रो धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।” 


भारतको राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो। संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। 


मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज र अध्ययन सुरु गरिएको नगरप्रमुख केसीले बताउनुभयो। हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैँमा पवित्र नदी मानिन्छ। त्यसमा पनि कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने धार्मिक विश्वास छ। 


 “यो क्षेत्र पुण्यभूमि हो, कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका यहाँका शिला राम मन्दिरमा लैजान लागेका हौँ,” शिला अध्ययन, उत्खनन तथा स्थानान्तरण अभियानका सदस्य एवं कृष्णगण्डकी नदीका अध्येता कुलराज चालिसेले भन्नुभयो, “शिला तत्काल जनकपुरस्थित रामजानकी मन्दिरमा राखिनेछ।” उहाँका अनुसार शिला लिनका लागि अयोध्याबाट गुरु राजेन्द्रसिंह पङ्कज पोखरा आइपुग्नुभएको छ। नेपालका तर्फबाट उपहार भएकाले शिला उत्खनन गरी अयोध्यासम्म पु९याउने जिम्मा प्रदेश सरकारले लिएको चालिसेले बताउनुभयो। बेनी आएको टोलीले दुई–चारवटा शिलाको अध्ययन गरेको छ। कुन लैजाने टुङ्गो लगाएपछि बेनी नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।    

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्