पिएन क्याम्पस भर्सेस पराजुली परिवार: विवादमा २२२ रोपनीको ‘कित्ता नम्बर ८३३’
पाेखरा | पुस २१, २०७९
पोखराः पृथ्वीनारायण क्याम्पस र पोखराको एक पराजुली परिवारले दावी गरिरहेको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा पुनः चर्चामा आएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पुलसेक्टर पोखरा कास्कीको चलानी नम्बर १५४ को पत्रानुसार पोखरा १ र ११ जोड्ने जग्गा विवादित जग्गामा बन्ने भएपछि पुनः चर्चामा आएको हो ।
पृथ्वीनारायण क्याम्पसमा माथिल्लो तहरा ४२८–१३–१ रोपनी जग्गा क्याम्पसमा नाम दर्ता छ भने तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गामा रत्नाखर पराजुली परिवारले दावी गर्दै आएको छ ।
क्याम्पस प्रशासनले विवादित जग्गामा पुल बनाएर भुमाफियाहरुले जग्गा कब्जा गर्न खोजेको भन्दै पुल निर्माण तत्काल रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीमा निवदेन समेत दिएको छ ।

क्याम्पसको तल्लो तहराको कित्ता नम्बर ८३३ मा रहेको २२२–१२–२–२ रोपनी जग्गा भने २०३२ सालको नापी फिल्ड बुकमा ‘त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्याम्पसको दाबी’ उल्लेख भई कित्ताकाट भएको र उक्त जग्गा क्याम्पसको नाममा दर्ता हुने क्रममा रहेको क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले बताए ।
‘क्याम्पसको विकासको विरोधी होइन, पुल आवश्यक भए क्याम्पसको जग्गाबाट बनाउन आग्रह गरिएको हो, क्याम्पस प्रमुख कोइरालाले भने, विवादित जग्गाबाट पुल निर्माण गरेर केही व्यक्तिहरुलाई लाभ पुग्ने उद्धेश्यले निर्माण कार्य अगाडी बढाएकोमा आपत्ति हो ।’
क्याम्पस प्रशासनले विवादित जग्गाबाट नभई क्याम्पसको केही भुभागबाट पुल निर्माण गर्न अनुरोध गरेको क्याम्पस प्रमुख कोइरालाको भनाई छ । क्याम्पसले त्यस जग्गामा वृक्षारोपण, तारबार तथा टेण्डर गरी घाँस विक्री गर्दै आएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

