बैङ्कको हाकिम भएको बताउँदै ठगी गर्ने एक पक्राउ

काठमाडाैं | पुस २१, २०७९

बैङ्कको हाकिम भएको बताउँदै ठगी गर्ने एक पक्राउ

धनगढी:  आफूलाई बैङ्क तथा वित्तीय संस्थाको हाकिम बताउँदै कैलाली, कञ्चनपुरमा ठगी गर्दै आएका नटवरलाल भनिने ३५ वर्षीय पदमराज भट्टलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। 


दार्चुलाको लेकम गाउँपालिका–१ का  भट्टलाई वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरेको हो। 


सशस्त्र प्रहरीका भगौडासमेत रहेका उनले डर, त्रास देखाएर ठगी गर्दै आएका थिए। यसैगरी, विभिन्न प्रलोभन देखाएर ललाई फकाई महिलाको अश्लील भिडियो बनाउने र उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए। उनी यसअघि पनि विभिन्न अपराधमा कारागार बसिसकेका व्यक्ति हुन्। 


नटवरलाल भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँले भट्टबाट ठगिएका पीडितलाई प्रमाणसहित जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आउनसमेत अनुरोध गर्नु भएको छ। 

पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...

थप पढ्नुहोस्

बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

थप पढ्नुहोस्

पोखरा:  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

थप पढ्नुहोस्