पाल्पा बस दुर्घटना: चालकले मदिरा सेवन गरेको पुष्टि
पाल्पा | पुस २३, २०७९
पाल्पा: छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना यात्रुको ज्यान गएको पुष्टि भएको हो ।
बिहीबार राति १० बजेतिर रुपन्देहीको सालझण्डीदेखि पाल्पाको सत्यवतीतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस रैनदेवी छहरा–८, खुर्सानेमा दुर्घटना भएको थियो । दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गयो भने १८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि सिङ्गो खुर्साने गाउँ शोकमा डुबेको छ ।
दुर्घटनामा परेको बसको चालकले मदिरा (रक्सी) सेवन गरेर बस गुडाएको घाइते यात्रुको भनाई छ । चालक तथा सवारी धनीले मादक पदार्थ सेवन गरेर झगडा समेत गरेका थिए । उक्त सडक खण्डको टारीमा डेढ घण्टा बस रोकेर मादक पदार्थ सेवन गरेको स्थानीय बासिन्दाको भनाई छ । ‘पहिले नै सवारी धनीले मादक पदार्थ सेवन गरेर आएका थिए, टारीमा पनि ड्राइभर बसबाट झरेर मादक पदार्थ सेवन गरेको एक जना प्रत्यक्षदर्शीले भन्नुभयो ।’
दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि पनि चालकले ढिकमा बस चढाएपछि यात्रुले बस रोक्न अनुरोध गरेका थिए । तर चालकले जबरजस्ती गरेर बस गुडाएको केही समयमै बस दुर्घटनामा परेको घाइते लीला गाहाले बताउनुभयो । दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि बस ढिकमा चढेपछि महिला यात्रुहरूले चालकलाई हामी हिडेर जान्छौँ, बस रोक्नुस् भनेका गाहाले बताउनुभयो ।
दुर्घटनाको विषयमा चालकले भने स्टेरिङमा आएको गडबडीका कारण दुर्घटना भएको प्रहरीलाई बताउने गरेका छन् । मदिरा सेवन गरेर बस हाँक्ने चालक समेत घाइते अवस्थामा उपचाररत छन् । बस दुर्घटनाको कारणबारे रैनदेवी छहरा–८ का वडा अध्यक्ष रेमबहादुर रानाले चालकले मादक पदार्थ सेवन गरेको बताउनुभयो । चालकले मदिरा सेवन गरेर बस चलाएको यात्रुले गुनासो गरेको वडाध्यक्ष रानाले बताउनुभयो । दुर्घटना हुने कल्पना नगरेको स्थानमा बस दुर्घटनामा परेको उहाँले बताउनुभयो ।
मदिरा सेवन गरेर जबरजस्ती सवारीसाधन गुडाउनमा सवारी धनीको समेत हात रहेको घाइते यात्रुको आरोप छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि चालकको स्वास्थ्य परीक्षणबाट मदिरा सेवन गरेको पुष्टि भएको जनाएको छ । ‘बसका चालकले मदिरा सेवन गरेर सवारीसाधन चलाएको रिपोर्ट प्राप्त भएको छ प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो ।’
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

