नक्कली डलर देखाइ ठगी गर्ने चार पक्राउ
सिन्धुपाल्चोक | पुस २३, २०७९
सिन्धुपाल्चोक: नक्कली अमेरिकी डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।
बाह्रबिसे नगरपालिका–३ का २१ वर्षीय सोमबहादुर डुम्जन, २३ वर्षीय दिवस डुम्जन, बाह्रबिसे नपा–४ का २३ वर्षीय वर्षीय शेरबहादुर तामाङ र त्रिपुरा सुन्दरी गाउँपालिकाका २८ वर्षीय देवा डुम्जनलाई अमेरिकी डलर देखाएर ठगी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । ठगीमा संलग्न एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ रुपियाँ अमेरिकी डलर, ६ हजार २१० नेपाली रुपियाँ, ८ बन्डल कागजको नक्कली नोट, पाँच थान मोबाइल, ३ थान गुलेली बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर तथा सङ्गठित अपराध सम्बन्धित कसुर मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...

