नक्कली डलर देखाइ ठगी गर्ने चार पक्राउ
सिन्धुपाल्चोक | पुस २३, २०७९
सिन्धुपाल्चोक: नक्कली अमेरिकी डलर देखाएर ठगी गर्ने सिन्धुपाल्चोकका चार जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।
बाह्रबिसे नगरपालिका–३ का २१ वर्षीय सोमबहादुर डुम्जन, २३ वर्षीय दिवस डुम्जन, बाह्रबिसे नपा–४ का २३ वर्षीय वर्षीय शेरबहादुर तामाङ र त्रिपुरा सुन्दरी गाउँपालिकाका २८ वर्षीय देवा डुम्जनलाई अमेरिकी डलर देखाएर ठगी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । ठगीमा संलग्न एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ रुपियाँ अमेरिकी डलर, ६ हजार २१० नेपाली रुपियाँ, ८ बन्डल कागजको नक्कली नोट, पाँच थान मोबाइल, ३ थान गुलेली बरामद गरिएको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर तथा सङ्गठित अपराध सम्बन्धित कसुर मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

