कांग्रेस संसदीय दलको बैठक आज बस्दै
काठमाडाैं | पुस २३, २०७९
काठमाडौँ: नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
दिउँसो १ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको सांसद सन्तोष चालिसेले जानकारी दिए । दलको बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकमा कसरी प्रस्तुत हुने, संसदमा प्रधानमन्त्रीलाई विश्वासको मतको कार्यक्रममा कांग्रेसले खेल्ने भूमिका लगायतबारेमा छलफलका लागि बैठक बोलाइएको सांसद चालिसेले जानकारी दिए ।
यही पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ भने पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

