वादी समुदायको रक्षा तथा जीविकोपार्जनका लागि पहल गर्नेछु: प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं | पुस २३, २०७९
तस्बिर साभार
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि पहल गर्ने बताएका छन् ।
शनिबार बिहान बालुवाटारमा वादी समुदायका अगुवाहरुसँगको छलफलमा उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यक्तिगत पुनर्स्थापनाको लागि निर्णय गरेको भन्दै निर्णय कार्यान्वयनमा समस्या देखिएको भए हल गर्ने बताए ।
‘इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पुस २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनुपर्छ’ उनले भने, ‘ वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।’
वादी समुदायका प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनर्स्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

