फोटो पत्रकार थापालाई भगवान राजकुमार स्मृति पुरस्कार
काठमाडाैं | पुस २३, २०७९
काठमाडौं: नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले भगवान राजकुमार स्मृति पुरस्कार लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई प्रदान गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।
यस्तै शाखाले पत्रकार प्रवीणराज जोशीलाई अग्रज पत्रकार सम्मानसहित नगद ५ हजार रुपैयाँ प्रदान गरेको छ । मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट नविना खबुर्जा श्रेष्ठ र क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट कविता थापा पुरस्कृत भएका छन् । उनीहरुले जनही २५ सय रुपैयाँ पाएका छन् ।
पुरस्कृत चारै जना पत्रकारलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र र नगद प्रदान गरे ।
सो अवसरमा पत्रकार महासंघ भक्तपुर शाखाले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका १४ जना सदस्यलाई सम्मान गरेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

