जजकमा १९ वर्ष कैद सजाय तोकिएका फरार तिवारी पक्राउ
पाेखरा | पुस २४, २०७९
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती करणी मुद्धामा फरार रहेका ७१ वर्षिय तारानाथ तिवारीलाई पक्राउ गरेको छ । कास्की प्रहरीको टोलीले तिवारीलाई पोखरा महानगरपालिका २८ माझठाना स्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।
कास्की प्रहरीका अनुसार पक्राउपछि उनलाई पहिले उच्च अदालतले फैसला गरे अनुसार कैद भोग्न अदालत पठाइएको छ ।
तिवारीलाई उच्च अदालतले तिवारीलाई जजक मुद्धामा २०७९ बैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
तिवारीले २०७६ साउन ७ गते अपाङ्गता रहेकी नावालिग परिवर्तित नाम (पोखरा १३) लाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

