भेडाबारी स्वास्थ्य चौकी: वडाध्यक्ष र डाक्टरबीच सवाल–जवाफ

पाेखरा | पुस २८, २०७९

भेडाबारी स्वास्थ्य चौकी:  वडाध्यक्ष र डाक्टरबीच सवाल–जवाफ

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा बिरामीले उपचार नपाएपछि अहिले जनप्रतिनिधि र चिकित्सकबीच सवालजवाफ चलेको छ । 


चौकीमा कार्यरत डा. सुरेश अधिकारी स्वास्थ्य चौकी नआउँदा वडा ८ काअध्यक्ष राम गुरुङले सामाजिक सञ्जाल फेसबुकमा डाक्टर कहाँ छन् ? भन्दै पोस्टिएपछि विषय सार्वजनिक भएको हो । केही दिन अगाडी वडाध्यक्ष गुरुङले फेसबुक डा. सुरेश अधिकारीको नम्बर राख्दै उनको खोजी गरेका हुन् । 


सामाजिक सञ्जालमा वडाध्यक्ष राम गुरुङले डा. अधिकारीको खोजी गरेपछि डा. अधिकारीले पनि सामाजिक सञ्जालमा नै प्रतिक्रिया दिएका छन् । 


‘भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पतालमा स्तरउन्नती गर्न लागि परेका छौं, स्वास्थ्य कार्यालय प्रमुख डा. अधिकारीलाई नदेखेको महिनौ भयो, वडाध्यक्ष गुरुङले लेखेका छन, ‘ डा. आएको नआएको कसैले मतलब गरेका छैनौं अब सबै जागरुक हुन आवश्यक छ, डा. अधिकारीलाई ९८५१२१५१२३ यो नम्बरमा खबर गरौै, आफ्नो ढङ्गले सम्झाउ ।’ 


वडाध्यक्ष गुरुङले सोधेको सवालको जवाफ डाक्टर केसीले सञ्जालमार्फत नै दिएको छन् ।  

 
डा. अधिकारीले भेडाबारी स्वास्थ्य चौकीमा आफु आउँदा मानसिक रोगी बाहेक अन्य बिरामी सेवाबाट बञ्चित हुने प्रतिक्रिया दिएका छन् । 


‘म मानसिक रोग विशेषज्ञ हुँ, नेपाल मेडिकल काउन्सिलमा सोही अनुरुप दर्ता छु, प्राथमिक स्वास्थ्य चौकीमा अधिकांश बिरामी बच्चा, गर्भवती, सुगर प्रेसर, आदिका बिरामी आउँछन्’ उनले लेखेका छन्, ‘त्यहाँ आएर मानसिक बाहेक अरु बिरामी सेवाबाट बञ्चित हुन्छन् जनु प्राथमिक सेवा सिद्धान्तको बर्खिलाप हो ।’


वडाध्यक्ष गुरुङले डा. अधिकारीले सामाजिक सञ्जालमा खोजी गरेपछि एमबिबिएस डाक्टर राख्न सुझाव दिदै आफुलाई सुरुवा हुने सहमति दिन आग्रह गरेका छन् । 


‘गाउँपालिकाले करारमा एमबिबिएस डाक्टर राखोस, मलाई अन्यत्र सरुवा हुने सहमति देओस् जसले सबै समस्या हल हुन्छ, उनले भनेका छन्, ‘म त्यहाँ आएर समस्या समाधान हुँदैन बरु एमबिबिएस आउने बाटो हुन्छ ।’ 


माछापुच्छ्रे गाउँपालिकाका स्वास्थ्य संयोजक डिल्लीराम दाहालले स्वास्थ्य चौकीमा नेपाल सरकारले उहाँको दरबन्दी पठाएको हो करारमा कर्मचारी राख्ने स्रोत नभएको सुनगाभा न्यूजलाई बताए । 


‘नेपाल सरकारको कर्मचारी संमायोजक अनुसार उहाँको दरबन्दी भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा भएको छ, दाहालले भने, ‘अहिले उहाँले आफुले एमडी पास गरेको भन्दै यहाँबाट सरुवा गर्न माग गर्नुभएको छ, करारमा राख्ने स्रोत हामीसँग छैन्, असोजदेखि कार्यालयमा उपस्थित नभएकाले तलब रोकेका छौं, सम्पर्कमा आउनुभएको छैन् । ’


यस विषयमा प्रतिक्रिया लिन डा. सुरेश अधिकारीलाई सम्पर्क गर्दा फोन उठ्न सकेन । 


भेडाबारी प्राथमिक स्वास्थ्य चौकीमा ११ जनाको दरबन्दी रहेको छ । हेल्थ असिस्टेन्ट १ जना, अहेव ३ जना, स्टाफ नर्स १ जना, अनमी १ जना, ल्याव असिस्टेन्ट १ जना र बाँकी कार्यालय सहयोगीको दरबन्दी रहेको स्वास्थ्य संयोजक दाहालले जानकारी दिए । 


 

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्

काठमाडौ‌:  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।   राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

थप पढ्नुहोस्