म्याग्दीमा सातौँ म्याग्दी महोत्सव सुरु

म्याग्दी | पुस २९, २०७९

म्याग्दीमा सातौँ म्याग्दी महोत्सव सुरु

म्याग्दी (बनी):  म्याग्दीमा सातौँ म्याग्दी महोत्सव सुरु भएको छ । बिहीबारदेखि म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला २०७९ सुरु भएको हो ।


पर्यटन, कृषि, कला संस्कृति र स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी जिल्लाको विकासमा टेवा पु¥याउन महोत्सव आयोजना गरिएको हो । महोत्सवले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास गरिएको छ । बेनीको खुलामञ्चमा आयोजना गरिएको महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले मेला पर्वले कला संस्कृतिको संरक्षण गर्नुका साथै जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 


उहाँले कोरोनाका कारण प्रभावित बनेको पर्यटन र उद्योग व्यवसायलाई उकास्न महोत्सव सफल हुने आशा व्यक्त गर्नुभयो । म्याग्दी जलविद्युत्, कृषि र पर्यटन विकासको राम्रो सम्भावना भएकाले निजी क्षेत्रले सरकारसँग सहकार्य गर्नसकेमा समृद्धिको ढोका खुल्ने भनाइ उहाँको थियो । महोत्सवको उद्घाटन पूर्व विभिन्न जातजाति र धर्म समुदायका सङ्घसंस्थाहरूले आआफ्नो कला संस्कृति, भेषभूषा, विभिन्न जातजातिहरूको पुर्ख्यौली नाच र बाजागाजासहित बजारमा झाँकी प्रस्तुत गरेका थिए । 


महोत्सवका अवसरमा स्थानीयले तुल, ब्यानर, स्वागतद्वाराले बजारलाई झकिझकाउ बनाएका छन् । बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाग्दै आएको ऐतिहासिक मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय, पर्यटन प्रवर्द्धन र सम्भावनाहरूको उजागर गर्न महोत्सवको आयोजना गरिएको आयोजक संस्था म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।  महोत्सवले जिल्लामा रहेको सम्भावनाहरूको उजागर गर्ने र यहाँका उत्पादनहरूको बजारीकरण र प्रचारप्रसारमा समेत सघाउ पुग्ने प्रथम उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।


उहाँका अनुसार महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरूमा हेलिकप्टरमार्फत दृश्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङसमेत सञ्चालन गरिएको छ ।  महोत्सवमा खुला लोकदोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलका रूपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबललगायतका प्रतियोगितासमेत सञ्चालन हुनेभएका छन् । महोत्सवमा म्याग्दीका उत्पादन र पहिचान झल्कने सामग्रीहरूकोस्टलसमेत राखिएका छन् । 


१० दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख रुपियाँ आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा २५८ वटा व्यावसायिक स्टलहरू राखिएका छन् । स्थानीय उत्पादनलाई बिक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । 


महोत्सवमा करिब डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिब १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०६० सालदेखि बेनीमा महोत्सवको आयोजना हुँदै आएको छ ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्