कर्णालीको सभामुख पदमा दुई जनाको उम्मेदवारी
काठमाडाैं | पुस ३०, २०७९
सुर्खेत: कर्णाली प्रदेशको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सभामुखका लागि नेकपा (एमाले)का नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो ।
शनिबार बसेको एमाले संसदीय दलको बैठकले सभामुखमा गुरुङलाई उठाउने निणर्य गरेको हो । प्रदेश अध्यक्ष विनोदकुमार शाहले सभामुखमा गुरुङलाई उठाउने निणर्य भएको जानकारी दिनुभयो । सुर्खेतबाट समानुपातिक सांसद एमालेकी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
यस्तै, कांग्रेसका पोखरेलले शनिबार प्रदेशसभामा पुगेर सभामुखमा उम्मेदवारी दिनुभएको हो । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बिहान करिब ११ बजे कांग्रेसका नेता पोखरेलले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (१) बाट निर्वाचित हुनुभएको हो । सभामुखको निर्वाचन भोली (आइतबार) हुँदैछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

