तरुल उत्पादन कमी हुँदा मूल्य आकाशियो

काठमाडाैं | पुस ३०, २०७९

तरुल उत्पादन कमी हुँदा मूल्य आकाशियो फाइल तस्बिर

ताप्लेजुङ:   ताप्लेजुङमा तरुल उत्पादन कमी हुँदा मूल्य आकाशिएको छ । तरुल खपत हुने मुख्य मौसम अर्थात तरुलको पर्वका रुपमा समेत लिइने गरिएको मकरसङ्क्रान्तिको समयमा तरुलको मूल्य आकाशिएको हो । 


स्थानीय व्यापारी तथा तरुल उत्पादक किसानले मकर सङ्क्रान्तिको समयमा आफूखुसी तरुलजन्य वस्तुको मूल्य बढाएका हुन् । पुस महिना यता तरुल बजारमा निस्कन थालेको हो । तरुल निस्कन थाल्दाको मूल्यभन्दा मकर सङ्क्रान्तिमा दोब्बरले मूल्य वृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् । 


सदरमुकाम फुङ्लिङ बजारका तरकारी तथा फलपूmल पसल र यहाँ लाग्ने हाटमा तरुलजन्य वस्तुको मूल्य वृद्धि गरिएको उपभोक्ताले बताएका छन् । 


मकर सङ्क्रान्तिको एकदिन अघि फुङ्लिङमा लागेको शनिबारे हाटमा महङ्गो मूल्यमा तरुलको कारोबार भएको उपभोक्ताको भनाइ छ । उपभोक्ताका अनुसार शनिबारको हाटबजारमा प्रति किलोग्राम ८० रुपियाँदेखि दुईसय रुपियाँसम्ममा तरुल खरिदबिक्री भएको छ ।


यसअघि प्रतिकिलोग्राम ४० देखि ५० रुपियाँ पर्ने तरुलको मूल्य ८० देखि एक सय रुपियाँसम्ममा खरिद बिक्री भएको छ । त्यस्तै केही राम्रोखालको तरुल दुई सय रुपियाँसम्ममा खरिद गर्नुपरेको फुङ्लिङ नगरपालिक ा–५ स्थानीय उपभोक्ता विक्रम लिम्बूले बताउनुभयो । विगतको तुलनामा यसवर्ष तरुलको मूल्य अत्यधिक महँगिएको लिम्बूको भनाइ छ । 


हाट बजारमा बिक्री गर्न राखिएको घर तरुल, पताले तरुल, सिमले, स्कूसलगायत सबैखाले तरुल ब्यापारीले महँगो मूल्यमा बिक्री गरेका लिम्बूले बताउनुभयो । हाटमा वन तरुल प्रतिकिलोग्राम दुईदेखि दुई सय ५० रुपियाँसम्ममा बिक्री छन् । यसवर्ष मकर सङ्क्रान्तिमा तरुलको मूल्यको मूल्य अत्यधिक महँगो भएको उपभोक्ताले बताएका छन् । 


यता फुङ्लिङका स्थानीय व्यापारीले भने आफूहरुले तरुल खरिद गर्दा नै महँगोमा खरिद गर्नुपरेकाले सोहीअनुसार सीमित नाफा राख्दा मूल्य कही महँगो पर्न गएको बताउँछन् । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरुल महँगो मूल्य लगाएर खरिद गरी बिक्री गर्दैआएको र यसको व्यापारबाट खासै नाफा नहुने स्थानीय व्यापारीको भनाइ छ । 


हाटबजारमा तरुल बिक्री गर्न आएका किसान तथा ब्यापारीले सोचेजस्तो तरुल नै उत्पादन हुन छोडेको बताउँछन् । परिश्रम गरेअनुसार उत्पादन नभएपछि तरुलजन्य वस्तु महँगो  मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरुको भनाइ छ । उत्पादन नभएपछि उपभोक्ताको मागअनुसार तरुल उपलब्ध गर्नसक्ने स्थिति नरहेको पनि ब्यापारीले बताएका छन् । 

म्याग्दी:  कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्