दमकको नमुनाबजारमा एकाबिहानै आगलागी, ९ पसलमा क्षति

झापा | माघ १, २०७९

दमकको नमुनाबजारमा एकाबिहानै आगलागी, ९ पसलमा क्षति तस्बिरः डिकेस लामा


झापाः  दमक–६ स्थित नमूना बजारमा रहेका नौवटा पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । 

 

वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए ।

 

आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उहाँले बताउनुभयो । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन ।

 

आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

 

आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।
 

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्