पोखरामा विमान दुर्घटनाः यति एयरमा सवार थिए हेमजाका ४ जना
पाेखरा | माघ १, २०७९
पोखराः आज बिहान काठमाण्डौबाट पोखरा उडेको यति एयरलाइन्सको जहाजमा पोखरा–२५ हेमजाका ४ जना सवार भएको जानकारी प्राप्त भएको छ ।
हेमजाका स्थानीयवासीले दिएको जानकारी अनुसार पोखरा आउन लागेका यात्रुमा भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर, अनिशा बाँनिया र राजन सापकोटा सवार थिए ।
जसमध्ये, भगवति–जितेन्द्र र अनिशा–राजन दम्पत्ति रहेको जनाइएको छ । दुबै जोडी यतिको कलसाइन नाइन एन–एएनसीमा सवार थिए ।
उक्त कलसाइनको विमान बिहान पोखराको सेती खोंचमा दुर्घटनामा परेको छ ।
विमानमा चालकदलका ४ सहित ६८ जना सवार थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

