पिएन क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी
पाेखरा | जेठ १८, २०७९
पोखराः पृथ्वीनारायण क्याम्पसको शिक्षा संकाय डिपार्टमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।
प्रात र दिवाकालिन दुवै समयमा पढाई हुनुपर्ने माग गर्दै आज तालबन्दी गरेको हो ।
करिब ४५ सय विद्यार्थीको हस्ताक्षर सकल गरि प्रशासनलाई बुझाएको बताउदै माग सुनुवाई नभएपछी ताला लगाउन बाध्य भएको अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस समितिका सदस्य कुसल लम्सालले बताए ।
एक वर्ष पनि नबित्दै सहमतिलाई कुचल्दै दिवामा मात्र अध्यापन गराउने गरेकोमा घोर भत्र्सना गर्दछौ, उनले भने दिवामा मात्र पठनपाठान गराउने निर्णय हामी गरिब तथा मध्यम वर्गीय विधार्थीहरुको हित विरुद्ध छ । त्यसैले दुवै समयमा पढाई हुनुपर्ने हाम्रो माग हो ।
उनले शिक्षा संकायलाई दिवा र प्रातकालिन समयमा अध्यापन गराउने निर्णय नगरे शिक्षा संकाय तथा सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी जानकारी दिए ।
उनका अनुसार आन्दोलनको नेतृत्व अनेरास्ववियु शिक्षा संकाय कमिटीका अध्यक्ष सौगात तिमिल्सिनाले गर्दै आएका छन ।

काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

