पिएन क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी

पाेखरा | जेठ १८, २०७९

पिएन क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी

पोखराः    पृथ्वीनारायण क्याम्पसको शिक्षा संकाय डिपार्टमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।  

 

प्रात र दिवाकालिन दुवै समयमा पढाई हुनुपर्ने माग गर्दै आज तालबन्दी गरेको हो । 

 

करिब ४५ सय विद्यार्थीको हस्ताक्षर सकल गरि प्रशासनलाई बुझाएको बताउदै माग सुनुवाई नभएपछी  ताला लगाउन बाध्य भएको  अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस समितिका सदस्य कुसल लम्सालले बताए । 

 


एक वर्ष पनि नबित्दै सहमतिलाई कुचल्दै दिवामा मात्र अध्यापन गराउने गरेकोमा घोर भत्र्सना गर्दछौ, उनले भने दिवामा मात्र पठनपाठान गराउने निर्णय हामी गरिब तथा मध्यम वर्गीय विधार्थीहरुको हित विरुद्ध छ । त्यसैले दुवै समयमा पढाई हुनुपर्ने हाम्रो माग हो ।

 

उनले शिक्षा संकायलाई दिवा र प्रातकालिन समयमा अध्यापन गराउने निर्णय नगरे शिक्षा संकाय तथा सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी जानकारी दिए । 

 

उनका अनुसार आन्दोलनको नेतृत्व अनेरास्ववियु शिक्षा संकाय कमिटीका अध्यक्ष सौगात तिमिल्सिनाले गर्दै आएका छन  ।

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्