यतिको धुँवासँगै विलिन भए पोखराका होनहार पत्रकार
पाेखरा | माघ १, २०७९
पोखराः यति एयरलाइन्सको विमान काठमाण्डौंबाट पोखरा आउने क्रममा दुर्घटना हुँदा पोखराले होनहार पत्रकार त्रिभुवन पौडेललाई गुमाएको छ ।
अवतरणकाक्रममा सेती खोंचमा विमान दुर्घटनापछि रिपोर्टिङ गर्ने क्रममा जब यात्रुहरुको सूची प्राप्त भयो तब पत्रकारबीच खैलाबैला भयो । सूचीमा उल्लेख भएको नाम देखेपछि अत्तालिएका पत्रकारहरुले अन्ततः पौडेललाई गुमाएका छन् ।
पत्रकार महासंघ कास्की सभापति विमला भण्डारीले पत्रकार पौडेलको शव पहिचान भएको बताएकी छिन् । भण्डारीले भनिन्, ‘उहाँको शव भेटिएको छ, र परिचयपत्रसमेत भेटिएको छ ।
पौडेलका अनन्य मित्र एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले पनि दुखित मुद्रामा खबर सत्य भएको बताए ।
‘सेती खोंचमा यतिको धुँवासँगै विलिन भए त्रिभुवन’ ज्ञवालीले भने ‘हामी अपत्यारिलो खबर स्वीकार्न बाध्य भयौं ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीका अनुसार हालसम्म ६९ जनाको शव फेला परिसकेको छ । जसमध्ये ३४ शव गण्डकी अस्पताल र ३२ शव दुर्घटनास्थलमै छ ।
बाँकी रहेका ३ शव क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत हुन् ।
जुझारु, सहयोगी र प्रेस स्वतन्त्रका हिमायती पौडेलको मृत्युपछि पोखरेली पत्रकारहरु शोकमा रहेका छन् । सेन्टरको राजधानीमा आयोजित बैठकबाट पौडेल पोखरा फर्कदै थिए ।
विवाहित पौडेलका एक छोरा छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

